Logo

६ वैशाख,वीरगञ्ज । मधेश सरकारले विस्तार गरेका मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ खाएका छन् । प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबीच नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् ।

चौथोपटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीलाई आज शपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । माओवादीका युवराज भट्टराइलाई उद्योग वाणिज्य तथा पर्यटन र संसदीय दलका नेता भरत साहलाई विना विभागीय मन्त्रीमा शपथ लिएका छन् ।

एकीकृत समाजवादीका बेची लुंगेलीलाई पनि विना विभागीय मन्त्रीमा शपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
त्यस्तै गृह राज्यमन्त्रीमा नेकपा एमालेको तर्फबाट शारदा थापाले शपथ लिएकी छन् ।


सम्बन्धित समाचार