Logo

७ वैशाख,काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएइलाई १२० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो ।

नेपालको इनिङ सुरुदेखि नै राम्रो हुन सकेन । पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले लगातार विकेट गुमाउँदै जाँदा उच्च स्कोर बनाउन सकेन ।

नेपालका लागि सन्दिप जोराले अर्धशतक बनाए । उनले ४० बलमा ५० रनको इनिङ खेले । गुलशन झाले २० र करण केसीले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

युएइका लागि जुनैद सिद्दिक, बसिल हमीद र अली नासरले २–२ विकेट लिए । ओमिद साफी रहमान, आयन अफजल खान र मुहम्मद फारुकले १–१ विकेट लिए ।


सम्बन्धित समाचार