Logo

१३ बैशाख, काठमाडौँ । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्ला निराधार रहेको बताएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१ र ०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन बोलाएको भेलामा पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्ला निराधार रहेको बताए । उनले हल्लाहरुको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन सुझाए ।

संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताए । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गरे ।

 


सम्बन्धित समाचार