![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/04/bechi-lungeli_TNFIZoujdc.webp?fit=1200%2C675&ssl=1)
१३ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारका बिना विभागीय मन्त्री बेची लुंगेलीले आठ दिन पछाडि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
एकीकृत समाजवादी पार्टीबाट बिना विभागी मन्त्रीमा शपथ लिएकी लुंगेलीलाई मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले लुंगेलीलाई बुधबार जिम्मेवारी तोकेका हुन् ।
गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् ।