![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/04/mantri-gadi-sarkari-sawari-singhdurbar-9-1024x683-1.jpg?fit=1024%2C589&ssl=1)
१४ वैशाख, काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।
यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।
हेर्नुस्, कसको कहाँ भयो सरुवा ?