Logo

१५ वैशाख,वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले आज वीरगन्जको घण्टाघरमा रक्तदानको आयोजना गरेको छ । १३५ औं मजदुर दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुईजना महिला सहित ६१ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा नेकपा माओवादी केन्द्र बाराका इञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिल, अखिल नेपाल ट्रेड युनियन महासंघका अर्जुन चिमोरिया, रुपनारायण सिंह, गजाधर पटेल, रविना कुमारी साह, पुष्पा फुयाँल, गुलसन साह, अशोक राउत कुर्मी, अमन कर्ण, मजित मियाँ, डाक्टर जम्सेद आलम, मुकेश सहनी, पवन कुमार वर्णवाल लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुश्वाह, अजय साह, नितेश यादव लगायतले प्राविधिक सहयोग गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जनाए ।


सम्बन्धित समाचार