Logo

१६ वैशाख,वीरगञ्ज । मधेस प्रदेश सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९)ं बमोजिम मन्त्रीपरिषद् पुनर्गठन गरेको प्रदेश प्रमुखको कार्यालयले जनायो । नवनियुक्त मन्त्रीहरूको कार्य विभाजन समेत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ ।

कसलाई कुन मन्त्रालयको जिम्मा ?

जसअनुसार सरोजकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ मन्त्रालय, गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयको जिम्मा लगाइएको छ ।
यसैगरी सरिताकुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंगासन सा कलवार ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा, मेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्रीहरूमा क्रमश : अवुल कलाम आजाद ऊर्जा तथा सिँचाई, केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापा गृह सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् ।


सम्बन्धित समाचार