१६ बैशाख, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लालपर्साको श्री नेरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
वडा नम्बर ३० को कार्यालयले विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीहरु वितरण गरेको जनाइएको छ ।
६०० जना विद्यार्थीहरुका लागि कापी, कलम, क्यालेण्डर, टी–सर्ट लगायता सामग्री वितरण गरेको वडाध्यक्ष मनोज कुमार यादवले जनाए ।
सरकारी विद्यालयका बालबालिकाको मनोबल बढाउने उद्देश्यले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुका लागि उक्त सामग्री उपलब्ध गराइएको उनले बताए ।
उद्योगी एवम् साहित्यकार गणेश लाठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव कुशवाहा, स्वास्थ्य सस्ंथा इन्चार्ज मेवालाल
ठाकुर, नेरा माविका प्रधानाध्यापक प्रेम लाल राय, इस्लामी मदर्साका प्रधानाध्यापक, वडा सदस्यहरु तथा स्थानीय बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।