Logo

१७ बैशाख, वीरगञ्ज । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबिसि इन्भेष्टमेन्ट ग्रुप प्रालिबिच सम्झौता भएको छ । वैदेशिक लगानी ल्याउन यी दुई कम्पनीबिच सम्झौता भएको हो ।

नेपाल सरकारको आयोजनामा काठमाण्डौँमा जारी लगानी सम्मेलनको दोस्रो दिन आज दुई कम्पनीबिच सम्झौता भएको हो । सहमति चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठको उपस्थिती थियो ।

सम्झौतामा एमएबिसि इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट सोही कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधी शिवराज दवाडी ९माधव दवाडी० ले हस्ताक्षर गरे ।

कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराईले जनाए । उनका अनुसार यो लगानीको रकम नेपाली ६ अर्ब बराबरको छ ।

सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।


सम्बन्धित समाचार