Logo

१७ बैशाख, काठमाडौ । इलाम–२ मा भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेको उमेदवार बिजयी हुन सक्ने संकेत देखिएको छ । हालसम्म ५१ हजार ४०४ मत गनिसकिएको र अहिले पनि मतगणना जारी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २१ हजार ३८० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार ७५२ मत ल्याएर दोश्रो स्थानमा छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ९५५ मत ल्याएका छन् ।
चौथो स्थानमा रास्वपा उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले ३ हजार ६०३ मत ल्याएका छन् ।

नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उमेदवार डम्बर बहादुर खड्कालाई ६ हजार ६२८ मतले पछाडी पारेका छन् । अहिले इलाम नगरपालिकाका वडाहरुमा मतगणना जारी रहेको छ । इलाममा अब १८ हजार भोट गन्न बाँकी रहेको छ । भोली विहान ३ बजे सम्ममा परिणाम बाहिर आउने अनुमान गरिएको छ । यसपटकको उप निर्वाचनमा समेत नेकपा एमालेले आफ्नो पुरानो विरासतलाई जोगाउन सफल हुने देखिन्छ ।

पछिल्लो मतपरिणामलाई हेर्ने हो भने एमालेका उमेदवार सुहाङ नेम्वाङ जित नजीक पुगेका छन् । मतगणना स्थाल बाहिर एमालेका कार्यकर्ताहरुको मात्र बाक्लो उपस्थिती रहेका छ ।


सम्बन्धित समाचार