Logo

१८ वैशाख, काठमाडौं । केन्याको राजधानी नैरोबीको उत्तरी शहरमा बाँध फुट्दा ४० जनाको मृत्यु भएको छ। धेरैजना बेपत्ता भएका प्रहरीले बताएको छ।

नैरोबीको उत्तरमा ६० किलोमिटर उत्तरमा रहेको माई महिउ क्षेत्रमा ठूलो खोजी र उद्धार कार्य जारी रहेको स्थानीय प्रहरीले बताएको छ। सोमबार भग्नावशेषबाट ४० शव निकालेको बताएको छ। धेरै मानिस बेपत्ता रहेको भन्दै स्थानीय अधिकारीहरूले हताहती बढ्नसक्ने बताएका छन् ।

सरकारका प्रवक्ता इसाक मवाउराले भारी वर्षाले ४७ काउन्टी प्रभावित भएको र बाढीले एक लाख ३१ हजार ४५० जना गरी २४ हजार १९६ घरधुरी विस्थापित भएको बताए । देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा ४० भन्दा बढी जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आइतबार शुरु भएको वर्षा र बाढी अहिले पनि जारी छ।

उपराष्ट्रपति रिगाथी गचागुवाले सरकारले वर्षाको प्रभावको तत्काल प्रतिक्रियाका लागि चार अर्ब सिलिंग (करिब ३० मिलियन अमेरिकी डलर) विनियोजन गरेको घोषणा गरे।

 


सम्बन्धित समाचार