१८ बैशाख, वीरगञ्ज । सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले अवैध रुपमा पैठारीगरी ल्याइएको करिव ७ लाख मूल्य बराबरको भंसार छलिका सामान सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं .१६ नगवा स्थित बाँसझाङ र भुटनदेवी ईलाकाबाट सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले चेकजाँच गर्ने क्रममा उक्त परिणामको सामान पक्राउ गरेको हो ।
सीमा सुरक्षा सशस्त्र प्रहरी बल १३ नं गणका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर सिंहका अनुसार भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ७ लाख ३३ हजार एकसय मूल्य बराबरको कपडा र उक्त कपडा ओसार पसारमा प्रयोग गरिएका २ वटा साईकल सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
भंसार चोरी तस्करीमा संलग्न बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका निवासी वर्ष ३७ की १ जना महिला र बारा बिश्रामपुर निवासी बर्ष ४० का १ जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी नायव उपरिक्षक सिंहले बताए ।