Logo

१९ वैशाख,वीरगञ्ज । नेकपा एमाले पर्साको नयाँ नेतृत्व चयनका भएको निर्वाचन प्रकृयामा ढिलाई भएको छ । निर्वाचन कमिटिले बिहान ८ बजेदेखि नै निर्वाचन प्रकृयाको शुरुवात गर्ने तालिका सार्वजनिक गरेपनि निर्वाचन प्रकृयामा ढिलाई भएको हो ।

निर्वाचन कमिटिले प्रकाशन गरेको तालिका अनुसार बिहान ८ बजे प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्ने, ९ बजेसम्म मतदाता नामावली उपर दावी विरोधको समय तोकिएको थियो । दावी विरोधको उजुरीमाथि छानविन गरी १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र १० बजे उम्मेदवार मनोनयन दर्ता गर्ने तालिका सार्वजनिक गरेपनि ढिलो गरी दिउँसो साढे ३ बजे मात्रै उम्मेदवार मनोनयनका लागि फाराम वितरण शुरु भएको छ ।

उम्मेदवार मनोनयन फाराम वितरणपछि दर्ताको लागि पनि समय लाग्ने भएकोले मतदानको प्रकृया पनि ढिलो हुनसक्ने सम्भावना देखिएको छ ।


सम्बन्धित समाचार