Logo

२० वैशाख,इस्लामाबाद । पाकिस्तान सरकारले कर नतिर्ने व्यक्तिको सीम कार्ड ब्लक गर्ने भएको छ। पाकिस्तानले सन् २०२३ मा कर नतिर्ने ५ लाखभन्दा बढी व्यक्तिको सीम कार्ड बन्द गर्ने निर्णय गरेको हो।

संघीय राजस्व बोर्ड (एफबीआर)ले ५ लाख ६ हजार ६७१ जनाको मोबाइल सीम कार्ड ब्लक गरिँदै छ। राजस्वका अधिकारीले उनीहरूले कर तिरेको जानकारी दिई सिफारिस नगर्दासम्म सीम कार्ड खोलिने छैन।

डनको समाचार अनुसार पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए) र सबै दूरसञ्चार सेवाप्रदायकहरूलाई आयकर सामान्य आदेश (तुरुन्तै लागू गर्न निर्देशन दियो। यो आदेशअनुसार बोर्डले नाम दिएका व्यक्तिको सीमकार्डमा प्रतिबन्ध लगाउनुपर्नेछ र जेठ २ गतेसम्म कर बुझाएकाको प्रतिवेदन बुझाउनुपर्नेछ।

यसअघि कर सूचीमा नपरेका २४ लाख सम्भावित करदाता फेला परेको राजस्व बोर्डले जनाएको छ। आधिकारिक स्रोतका अनुसार यी व्यक्तिहरूलाई पटकपटक सूचना पठाइए पनि उनीहरूले कर विवरण बुझाएका छैनन्।

राजस्व बोर्डले कर नतिर्ने २४ लाखमध्ये मापदण्डका आधारमा ५ लाख व्यक्तिलाई सीम ब्लकिङका लागि छनोट गरेको थियो। यी व्यक्तिहरूले विगत तीन वर्षमा करयोग्य आम्दानी घोषणा गरेका थिए र आर्थिक वर्ष २०२३ को प्रतिवेदन पेश गरेका थिएनन्। सीमकार्ड प्रतिबन्ध न्यून आय भएका व्यक्तिलाई कर तिर्न प्रोत्साहित गर्ने र कर तिर्नेको संख्या बढाउने नयाँ सरल उपाय भएको बोर्डका अधिकारीहरूले बताएका छन्।

राजस्व अधिकारीका अनुसार २०२३ को कर तिरेका व्यक्तिहरूको सीम कार्ड स्वतः चल्न थाल्नेछ। उनले हरेक सोमवार राजस्व बोर्डले कर तिर्नेको नाम अद्यतन गर्नेछ। राजस्व बोर्डले आर्थिक वर्ष २०२३ मा २४ सम्म ४२ लाख करदाता बढेका छन्।

गत वर्ष सोही अवधिमा ३८ लाख व्यक्तिले कर तिरेका थिए। यसले समीक्षा अवधिमा सामान्य वृद्धि देखाउँछ।


सम्बन्धित समाचार