Logo

२१ वैशाख, वीरगञ्ज । यस वर्ष बारा जिल्लामा ६० प्रतिशत मात्र चैते धानको रोपाई भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रका किसान यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन् ।

लामो समयदेखको खडेरीमा पनि आफैँले सिँचाइको व्यवस्था गरेर उत्तरी क्षेत्रका किसानले धान रोपाई गरेका छन् । तर दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन् ।

“भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका हुन्छन्” कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायण प्रसाद साहले भने ।

गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए । साहका अनुसार यसपाली लामो समयदेखिको खडेरीले गर्दा धान रोपाईमा केही कमी भएको उत्पादनमा समेत कमि आउने अनुमान छ ।

चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा वैशाखको मध्यसम्म पनि रोपाई भएको उनको भनाई छ ।

आफै सिचाईको व्यवस्था गरेका किसानले मात्र यसपालि धान रोपाई गरेका छन् भने अन्य भने खडेरी कै कारण रोपाईमा चासो नदिएका हुन् ।


सम्बन्धित समाचार