Logo

२१ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा भन्सार छलीका खुद्रा सामान तथा लत्ताकपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीले बीरगन्जको विभिन्न एरियाबाट ५० लाख ९२ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ । प्रहरीको टोलीले बीरगन्जको घण्टाघरबाट ना ६ ख ७९७२ नम्बरको ट्रकबाट २० लाख १५ हजार मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरेको हो । यसैगरी बीरगन्जको गण्डक चोकबाट ना ८ ख ८७१२ नम्बरको ट्रकबाट ३० लाख

छहत्तर हजार मूल्य बराबरको खुद्रा तथा खाद्यान्न पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए । उनका अनुसार बरामद सामानसहित २ वटै ट्रकलाई पनि आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।


सम्बन्धित समाचार