Logo

२२ बैशाख, सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही आउदै छन् ।

सर्लाहीको बलरा नगरपालिका(८, गडहिया डुमरियास्थित जय जनता माध्यामिक विद्यालयको नव निर्मित भवन तथा बृहत पार्टी प्रवेश कार्यक्रम रहेकोले प्रधानमन्त्री प्रचण्ड सम्बोधन गर्न आउँन लागेका हुन्। कार्यक्रम विद्यालयको परिसरमा आज बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम आयोजकले जनाएको छ।

प्रचण्ड बिहान साढे ११ बजे हेलिकप्टरमार्फत सर्लाही जाने कार्यक्रम रहेको छ। सर्लाहीका एक माओवादी नेताका अनुसार बलराका मेयर रामाशंकर कुशवाहाको विशेष आग्रहमा प्रचण्ड सर्लाही जान लागेका हुन्।

प्रचण्डले जनता नमूना माविको १२ कोठे नवनिर्मित भवन उद्घाटन गर्नुको साथै वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मेयर कुशवाहाले बताए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने नेता कार्यकर्तालाई प्रचण्डले स्वागत गर्ने तयारी छ।

सर्लाही जानुअघि प्रचण्ड बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक हुने कार्यक्रम छ।


सम्बन्धित समाचार