Logo

२५ वैशाख,काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिक अस्थिरता निम्त्याउन खोजेको निष्कर्ष निकालेको छ ।

मंगलबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसद्लाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थिरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो ।

बैठकपछि रास्वपा सह–प्रवक्ता मनिष झाले विभिन्न मुद्दा लागेका आफ्ना सांसदहरूलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने कांग्रेसका उजुरी नै नपरेको व्यक्ति (रवि लामिछाने) लाई लखेटिरहेको बताएका छन् । झाले कांग्रेसको उक्त कदमले मुलुकलाई अस्थिरतातर्फ धकेलिरहेको पनि बताएका छन् ।

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहे प्रष्ट पारे । तर पनि यसबारेमा सत्तापक्षीय गठबन्धनले गर्ने सर्वदलीय निष्कर्षलाई स्वीकार्न सकिने धारणा राखे । बैठकमा यही वैशाख २८ गतेदेखि सुरु हुने संसद्को आगामी अधिवेशनको तयारी र नयाँ बजेटबारे पनि छलफल भएको झाले जानकारी दिएका छन् ।

बैठकमा पार्टी सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । कांग्रेसले अहिलेको सत्ता गठबन्धनमा संकट ल्याउने प्रयास गरेको पनि ब्रिफिङ बैठकमा गरे ।

लामिछानेले देश र जनतालाई केन्द्रमा रहेर पार्टीकातर्फबाट सरकारका मन्त्रीहरूले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्नुपर्ने निर्देशन पनि दिए ।


सम्बन्धित समाचार