Logo

२५ वैशाख,वीरगञ्ज । पर्साबाट प्रहरीले १३ लाखभन्दा बढी मूल्यसहित एकजना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डबाट प्रहरीले एकजना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज–२२ जगरनाथपुर बस्ने २८ वर्षका रवि कुमार पटेल रहेका प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकलमा सवार पटेलको साथबाट स्रोत नखुलेको उक्त मूल्यहरु बरामद गरेको पर्साका प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जनाए ।

पटेलले पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा नेपाली १००० दरको नोट ८८९ थान ८ लाख ८९ हजार, नेपाली ५०० दरको नोट ८५० थान ४ लाख २५ हजार र नेपाली १०० दरको १० थान १ हजार गरी जम्मा १३ लाख १५ हजार फेला पारेको डिएसपी थापाले बताए । यस्तै उनले साथबाट विभिन्न बैंकका खाली चेकहरु ७ थान समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार