Logo

२६ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले ९० लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ९० लाख ३७ हजार ९१५ मूल्य बराबरका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीले चलाएको जाँच अभियानका क्रममा जिल्लाका फरकफरक स्थानहरुबाट उक्त मूल्यका सामानहरु पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जनाए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगञ्ज–८ घण्टाघरबाट ८७ लाख ५० हजार ४१५ रुपैँयाका खुद्रा सामान तथा औषधीसहित ना.६ ख ३८६१ नम्बरको ट्रक पक्राउ गरेको हो । ट्रकसहित सामानलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए ।

यसैगरी वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट खाद्यन्न तथा कपडाहरु नियन्त्रणमा लिएको प्रहरीले जनायो । २ लाख ८७ हजार ५ सय मूल्यका सामानहरु आवश्यक कारवाहीका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी बताउँछ ।


सम्बन्धित समाचार