Logo

२८ वैशाख, वीरगञ्ज । इंडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा विहीबार राति भएको खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) विजयी भएको छ ।

रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको हो ।

खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो ।

जवाफमा आरसिबिले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १८१ रनमा समेटियो । जित पछि सातौं स्थानमा रहेको आरसिबिको १२ खेलमा १० अंक पुगेको छ । पराजित पञ्जाब १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ ।

आईपिएल क्रिकेटमा आज गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स भिड्ने छन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे हुनेछ ।


सम्बन्धित समाचार