Logo

६ जेठ,काठमाडौं। संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।

सहकारी ठगीमा छानबिन गर्न संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभा बैठक प्रभावित बनेको हो । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण जानकारी दिए ।

’आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ः०० बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, जारी सूचनामा भनिएको छ ।

 


सम्बन्धित समाचार