Logo

६ जेठ,वीरगञ्ज । दोस्रो जिराभवानी मेयर गोल्डकप २०८१ पहिलो खेलमा यूवा समाज पकडीटोलले बिजयी भएको छ । न्यू सनलाईट यूवा स्पोर्ट्स क्लब सुपौलीद्वारा आयोजित खेलमा पकडीटोल बिजयी भएको हो ।

पकडीटोलले भगौली बाबा क्लब शंकरसरैयालाइ ३–१ ले पछि पारेको हो । पहिलो खेलमा पकडीटोलका जर्सी नं २९ का सूर्या चौधरी म्यान अफ दि म्याच घोषित भए । अहिले जारी दोस्रो खेलमा ब्रह्मबाबा क्लब सहजानपुर सुगीभार यूवा क्लब सखुवनियाविरुद्ध १–० ले अघि छ ।

यस्तै भोली हुने पहिलो खेलमा यूवा प्रगती समाज सेढवा र न्यू सनलाइट यूवा स्पोर्ट्स सुपौली ‘बी’ बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल टनकनाथ बाबा क्लब पिप्रा भवानीपुर र रामजानकी यूवा स्पोर्ट्स हरैयाबिच हुने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार