Logo

७ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा नाराबाजी गरिरहेका कांग्रेस संसदमाप्रति आक्रोश पोखेका छन । प्रतिपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन प्रस्ताव पेश गरेका थिए ।

त्यसपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलहरुको तर्फबाट प्रधानमन्त्रीको प्रस्तावको समर्थनमा बोलेका थिए । प्रधामन्त्री प्रचण्डले सम्बोधनको सुरुमै भने, ‘म अवरोधमा रहेका माननीय सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरुले आज बहुत गलत गर्नुभयो ।

’ विगतमा पटकपटक कांग्रेसलाई साथ दिएको र यो पटक पनि सम्वादमा सहमतिमा ल्याउन पहल गरेको आफूलाई संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको भन्दै उनले भने, तपाईंहरुले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । म गहिरो दुःख व्यक्त गर्न चाहन्छु ।’ ‘आजको तपाईहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ कलंकका रुपमा,’ उनले भने ।


सम्बन्धित समाचार