Logo

७ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक संसदीय दलको बैठक बोलाएको छ। सोमबार प्रतिनिधिसभा बैठक लगत्तै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार, केहीबेरमा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो।

त्यसपछि लगत्तै पत्रकार सम्मेलन आयोजना गरेको छ। प्रमुख सचेतक लेखकले उक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

कांग्रेसले सोमबारको प्रतिनिधि सभामा पनि संसदीय छानबिन समिति गठनको माग गर्दै वेल घेराउ र नाराबाजी गरेको थियो।

कांग्रेससहित प्रतिपक्षी दलहरूको विरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले विश्वास मत लिएका छन्। प्रधानमन्त्रीलाई एक सय ५७ जना सांसदले विश्वास मत दिएका छन्। प्रधानमन्त्रीले विश्वास मत लिँदा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाले उभिएर विरोध गरेका थिए।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

 

 


सम्बन्धित समाचार