Logo

७ जेठ, वीरगञ्ज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले १३ लाख मूल्य बरावरको भंसार चोरी तस्करीको सामान र काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नं १३ गण पर्सा अन्तर्गतका विभिन्न युनिटहरुबाट खटिएका टोलिले ११ लाख ३५० रुपियाँ मूल्य बराबरको भन्सार छलिका सामान र २ लाख मूल्य बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको छ ।

सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले भन्सार ब्यारियरमा ना २ ह ६०७२ नम्वरको अटोलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त अटोमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा कुर्था सुरुवाल र उक्त अटो नियन्त्रणमा लिई वीरगञ्ज भंसारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोहि गुल्मबाट खटिएको टोलिले ड्राईपोर्ट नजिकबाट अबैध रुपमा नेपालबाट ठेलामा लोड गरी भारततर्फ लैजादै गरेको भन्सार मुल्य १ लाख १७ हजार बराबरको ट्रकको डिस, पुरानो ब्याट्री लगायतका कवाडहरु नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सिर्सियाबाट खटिएको टोलिले २ लाख ३० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिई उक्त सामान वीरगञ्ज भंसार पठाएको छ । त्यसैगरी वीरगञ्ज २५ को बहुअरी चोकबाट बि।ओ।पि। ड्राईपोर्टबाट खटिएको टोलीले ३० हजार ८ सय मूल्य बराबरको मोटर साईकलको साईड लाईट १५४ पिस नियन्त्रणमा लिई अनुसन्धानको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

वीरगञ्ज गुल्म अलौबाट खटिएको टोलीले २ लाख ३१ हजार मूल्य बराबरको कपडा ,हार्डवयर र किराना सामान नियन्त्रणमा लिई अनुसन्धाको लागि वीरगञ्ज भंसार पठाएको छ ।

पर्सागढी नगरपालिका वडा नं ं४ स्थित भेडा खोलाको किनारबाट सुरक्षा बेश बेलवाबाट खटिएको टोली र सब डिभिजन बन कार्यलायबाट खटिएको टोलिले अबैध रुपमा जंगलबाट कटान गरी भेडा खोलाको किनारमा लुकाई छिपाई राखेको २ लाख मूल्य बरावरको ८० क्यू फिट सालको गोलिया नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि सब डिभिजन बन कार्यालय सबैयामा बुझाईएको छ ।


सम्बन्धित समाचार