Logo

पर्सामा किसानहरुले धान काटेर भित्र्याई सकेको अवस्थामा नेपाल सरकारको समर्थन मूल्यमा विक्री नहुँदा पर्साका किसानहरु मर्कामा परेका छन् ।

उब्जाएको धान समयमा विक्री नहुँदा र नेपाल सरकारले तोकेको समर्थन मूल्य समेत नपाउँदा पर्सेली किसानहरु मर्कामा परेका छन् । धान भित्र्याएर गहुँ रोप्ने बेला भइसकेको अवस्थामा खाद्य गुणस्तर तथा व्यापार कम्पनी लि. शाखा कार्यालय वीरगंजले हालसम्म धान किन्ने कार्य शुरु नगरेको कारण किसानहरु मर्कामा परेका हुन् ।

मल, खाद, वीउ जसो तसो जोहो गरेर धान उब्जाएका किसानहरु धान बेच्न नपाउँदा मर्कामा परेको किसानहरुको गुनासो छ । गहुँ रोप्नका लागि पैसाको आवश्यक परेकोले किसानहरु विचौलियालाई कम मूल्यमा धान बेच्न बाध्य छन् । अहिले खाद्य सँस्थानले धान किन्ने कार्य शुरु नगर्दा किसानहरु विचौलियालाई प्रति क्वीन्टल २४ सयदेखि २६ सय रुपैयासम्म विक्री गरि रहेका छन् ।

यसै बिषयमा सहकर्मी राम मण्डलले तयार पारेको एक रिपोर्ट


सम्बन्धित समाचार