Logo

१६ जेठ, वीरगञ्ज । वीरगञ्जको लिंक रोड स्थित पब्लिक फिट्नेस सेन्टरले आफनो सातौ वार्षिक उत्सव मनाएको छ । २०१६ को मिस्टर वीरगञ्ज करण यादवले संचालन गरेको पब्लिक फिट्नेस सेन्टरले विगत सात वर्ष देखि जिम सिकाउने, स्वस्थ रहनका लागि अभ्यास गराउने काम गर्दै आएको छ ।

एक वर्ष पहिले राष्ट्रिय खेलमा सिल्भर मेडल, धर्मश्री राष्ट्रिय खेलमा तेस्रो पुरस्कार तथा पोखरामा हुने बुलस मैनमा तेस्रो स्थान हासिल गरेका करण यादवले आफु खेलाडी भएको नाताले वीरगंजमा पनि खेलाडी उत्पादन गर्ने अभिप्रायले स्वास्थ जीवनका लागि पब्लिक फिट्नेस सेन्टर संचालन गरेको बताए ।

 

विगत एक महिना देखि अभ्यास गरिरहेका अबुलेस अन्सारी यहाँको अनुशासन राम्रो भएको बताए । उनले संचालक नै अनुभवी खेलाडी भएकोले आफुलाई सहज भएको बताए । सेन्टरको शुरुवाती देखि नै आबद्ध रहेका महम्मद खालिद हुसैनले आफु पाँच वर्ष अभ्यास गरेको र अहिले प्रशिक्षकको रुपमा काम गरिरहेको बताए ।

उनले यहाँ शरिरको हिसाबले अभ्यास गराईने, खेलको लागि प्रोत्साहन गर्ने तथा खेलाडीलाई आर्थिक सहयोग समेत गर्ने गरेको बताए । वार्षिक उत्सवको अवसरमा खेलाडी तथा प्रशिक्षकलाई सम्मान समेत गरिएको थियो ।


सम्बन्धित समाचार