Logo

१९ जेठ, वीरगञ्ज । वीरगञ्जमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ७५ पोका रगत संकलन भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को कार्यलयमा आयोजित कार्यक्रममा ७५ पोका रगत संकलन भएको हो । वीरगञ्ज–१० को वडा कार्यालयले आज कार्यलय परिसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बढ्दो गर्मीबिच रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत भएकाले कार्यालयले घडिअर्वा स्पोर्टस क्लवको सहयोगमा कार्यक्रम आयोजना गरेको वडाध्यक्ष सुशिल साह कानुले जनाए । कार्यक्रममा ४ जना महिलासहित ७५ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका राजन श्रीवास्तवले बताए ।

रक्तदान गर्नेहरुमा रञ्जु गिरी, लक्ष्मी शर्मा, इन्दिरा शोभा श्रेष्ठ, सन्तोष कुमार साह, आकाश अधिकारी, नरेश शर्मा लगायतका रहेका छन् ।


सम्बन्धित समाचार