Logo

१९ जेठ, वीरगञ्ज । पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । पर्सासहित तराई मधेशका जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको छ । पछिल्लो पटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन–तीन दिन तातो हावा चल्ने चेतावनी जारी गरेको थियो ।

विगतका दिनमा जस्तै आज र भोलि पनि सबैभन्दा बढी तराई क्षेत्रका जिल्ला नै तातो हावाबाट प्रभावित हुनेछन् । यसैबिच तातो हावाको लहरबाट बच्न चिकित्सकहरुले आग्रह गरेका छन् ।


सम्बन्धित समाचार