Logo

१९ जेठ, बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा राष्ट्रिय कार्यक्रम आई.पि.भि.खोप अभियान पोलियो खोप जेठ २० गते (आज )देखि सुरु हुने भएको छ ।

अभियानलाई सफल पार्न उपमहानगरपालिकाले सरोकारवालासँग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा चल्ने ३ दिने अभियान अन्तर्गत करिब ६ हजार ६ सय जनामा आई.पि.भि.खोप लगाउँने लक्ष्य राखिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिनुभयो ।

यहि जेठ २० गते देखि २२ गते सम्म लगाइने खोपमा २०७३ बेशाख महिना देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई आई पि.भी खोप लगाउनको लागि सम्पुर्ण तयारी पुराभएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिनु भयो ।

त्यसबेला आई.पि.भि.खोप अभाव भएका कारण उक्त अबधिमा लगाउन छुटेका बालबालीकाहरुलाई पोलियो लाग्ने जोखिम रहेको हुँदा ती बालबालीकालई आई.पि.भि. खोप दिईने जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिनुभयो । शाखा प्रमुख भाष्करले ओ.पि.भी.र आई .पि.भी खोपको प्रयोग , खोप लगाएपछि हुनसक्ने प्रतिकुल असर ,पोलियो उन्मूलनको अवस्था लगायतका बिषयमा स्वास्थ्यकर्मी र पत्रकारहरुलाई जानकारी गराउँनुभएको थियो ।

पोलियो रोग लागेपछि यसको कुनै निश्चित उपचार छैन त्यसैले यो रोग विरुधको खोप लगाउनु नै पोलियोको संक्रमणवाट बच्ने सवैभन्दा उत्तम उपाय भएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिनुभयो ।पोलियो रोग विरुधको खोप दुई प्रकारका हुं्ने गर्दछ ।

मुखवाट खुवाइने पोलियो खोप (ओ.पि. भी.) सुईबाट दिईने पोलियो खोप (आई.पि.भी.) रहेको अभिमुखिकरण कार्यक्रममा जानकारी गराईएको थियो । यो अभियान बिद्यालय ,स्वास्थ्य चौँकी र बाहिर केन्द्र बनाएर चलाईने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

बारा जिल्लामा ३७ हजार ४ सय ७० जनालाई आई.पि.भि. खोप लगाउँने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । जसकोलागि ३९ हजार २ सय डोज खोप जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त भएको स्वास्थ्य कार्यालय बारा कलैयाका प्रमुख रामनरेश यादबले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार