Logo

२२ जेठ,काठमाडौँ । सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु फैलिन नदिन बेलैमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन् । यो मौसम लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन समय भएकोले सबै सरोकारवाला निकायले ध्यान दिन उनको आग्रह छ ।

घाम पानी घाम पानी भएको बेला डेंगु बढ्ने सम्भावना बढी हुन्छ । लामखुट्टे बढ्दै गएपछि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने जोखिम बढ्छ । बैलैमा नियन्त्रण नगर्ने हो भने आगामी दिनमा डेंगुको जोखिम बढ्ने उनको भनाइ छ ।

उनका अनुसार अघिल्लो वर्षमा पोष्ट मनसुन पछि डेंगुका बिरामी ह्वात्तै बढेका थिए । सन् २०२४ यता ६८ जिल्लामा एक हजार ४८ जनामा डेंगु पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जनाए ।

प्रदेशअन्तर्गत सबैभन्दा बढी बागमती प्रदेशमा ३६० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, मधेश प्रदेशमा २७ जनामा डेंगु पुष्टि भएको छ ।


सम्बन्धित समाचार