![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/06/Nepal_Uae.jpg?fit=2048%2C1516&ssl=1)
२४ जेठ, वीरगञ्ज । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज युएईको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार बेलुका ९ः४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य जनाउँदै न्यूट्रल भेन्यु तय गर्न एन्फालाई पत्राचार गरेपछि अन्तिममा दुवै खेल साउदी अरबमा खेल्ने भएको हो ।
नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो ।
नेपाल र यमन बीचको खेल पनि सोही स्टेडियममा हुँदैछ । समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो ।