Logo

२६ जेठ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न कसुरमा सजाय पाएका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बारा जिल्ला अदालतबाट दुनियावादी फौजदारी मुद्दामा ३ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाईएका आदर्शकोतवाल गाँउपालिका वडा नं. १ चिउटाहा बस्ने ५६ को मोसाफिर महतो कोईरीलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै ईलाका प्रहरी कार्यालय कोल्हवीले कोल्हवी नगरपालिका वडा नं. ०८ बस्ने ४१ बर्षका साधु भन्ने श्याम किशोर चौधरीलाई पक्राउ गरेको छ । वन सम्बन्धी कसुरमा १ महिना कैद सजाय पाएका उनी फरार रहेका थिए ।

प्रहरी चौकी कचोर्वाले जालसाजी मुद्दामा दुईसय रुपैंया जरिवाना फैसला भइ फरार रहेका एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ११ कटहरीया बस्ने वर्ष ७० को भोला दास तात्मा रहेका छन् ।
तीनै जनलाई लुकिछिपी गाउँमै बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जनाए ।


सम्बन्धित समाचार