Logo

२३ मंसिर, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा आज नेपाली सेनाले काठ सहित एकजना लाई पक्राउ गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने जिराभवानी गाउँपालिका वार्ड नम्बर १ को पिपरामा रहेको जयमाँ जगदम्बा सामुदायिक बनको उपाध्यक्ष रामप्रबेश महतो कमकरलाई पक्राउ गरेको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षाथार्थ खटिएका सिद्दिबक्स गणका नेपाली सेनाको टोलिले उनको घर छापामारेर काठ सहित उनलाई पक्राउ गरेको छ ।

उपाध्यक्ष महतोले बिना इजाजत आफ्नै सामुदायिक बनबाट सिसौ को रुख कटान गरि आफ्नै घर बनाउन घरमा ल्याएर राखेको अवस्थामा तीन थान सिसौ को काठ सहित उनलाइ पक्राउ गरिएको पर्सा  निकुञ्ज ले जनाएको छ

पक्राउ परेका उपाध्यक्ष महतो लाई काठ सहित पर्सा राष्ट्रिय निकुञ्ज को हिरासतमा राखेर अनुसन्धान भैरहेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जानकारी दिए ।


सम्बन्धित समाचार