Logo

२३ मंसिर, वीरगञ्ज । शैक्षिक क्षेत्रमा देखिएको विकृति अन्त्य अभियान संचालन गर्दै आएको अभिभावक संघर्ष समिति जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको छ ।

संन्दीप साहले नेतृत्व गर्दै आएको अभिभाव सर्घष समितिलाई गैर सरकारी संस्थाको रुपमा अभिभावक संघ पर्साको नाउँमा दर्ता गरिएको हो ।

वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयमा भएको चर्को शुल्क र पढनपाठनमा देखिएका बिकृती विरुद्ध अभियान संचालन गर्दै आएको संघर्ष समितिलाई कानुनी मान्यता दिन अभिभावक संघलाई सस्था ऐन २०३४ को दफा ४ बमोजिम दर्ता दर्ता गरिएको संस्थाका अध्यक्ष सन्दीप साहले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दर्ता भएको अभिभाव संघको अध्यक्षमा सन्दीप साह, उपाध्यक्षमा शारदा राउत कुर्मी, सचिव बिरेन्द्र साह, सहसचिव मुन्न समानी र कोषाध्यक्षमा कन्हैया पटेल रहेका छन् । त्यसैगरी संघको सदस्यमा मनिष मिश्र, सिन्धु साह, धिरेन्द्र तिवारी, नन्दलाल प्रसाद रौनियार, शान्ति पटेल र सरिता गुप्ता रहेका छन् ।

संघले यसअघि अभिभावक संघर्ष समिति मार्फत हुदै आएका कार्यक्रमलाई अबउपरान्त अभिभावक संघको व्यानरमा संचालन गरिने अध्यक्ष साहले बताए । उनले वीरगन्ज महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरुको स्तर वर्गिकरण गरेर शुल्क निर्धारण गरेकोमा आपत्ति जनाएका छन् ।

वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा संचालनमा रहेका निजी विद्यालयहरुको वर्गिकरण गरी सार्वजनिक गरेको थियो । उक्त निर्णय प्रति अभिभाव संघको आपत्ती रहेको अध्यक्ष साहले बताए ।
संघिय सरकारले तयार गरेको मापदण्ड अनुसार निजी विद्यालयको स्तर वर्गीकरण गरिएको वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरबिन्द लाल कर्णले बताए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शुक्रवार पत्रकार सम्मेलन गरी महानगरले गरेको बर्गिकरणको बचाउ गरेका छन् । उनले महानगरपालिकाले गठन गरेको समितिले स्थलगत रुपमा अनुगमन गरेर विद्यालयको बर्गिकरण गरको बताए । उनले महानगरले विद्यालय वर्गिकरणका लागि विद्यालय स्तरीकरण तथा शुल्क निर्धारण समिति गठन गरेर काम गरेको बताए ।

वीरगञ्ज महानगरपालिका अन्तरगत ११९ वटा सामुदायिक विद्यालयहरु मध्ये अहिले ५८ वटा विद्यालयको वर्गिकरण गरिएको र वर्गिकरणका लागि नआएका सबै विद्यालयलाई तल्लो तहको अर्थात घ वर्गमा राखिदिएको मेयर सिंहले जानकारी दिए ।


सम्बन्धित समाचार