Logo

२४ वीरगञ्ज, मंसिर । जिल्ला प्रहरी कार्यलय पर्सामा ४ महिनामा २ सय १४ वटा घरेलु हिसांका उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको श्रावणदेखि कात्तिकसम्म २ सय १४ वटा घरेलु हिसांका उजुरी दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याङक अनुसार सबैभन्दा बढी चालु आर्थिक वर्षको श्रावण महिनामा ७० वटा उजुरी परेको छ भने भदौंमा ६०, असोजमा ४४ र कात्तिक ४० वटा उजुरी दर्ता भएका छन् ।

दर्ता भएका उजुरी मध्ये १ सय २९ वटा फछ्यौट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उजुरी परेका ८५ वटा मुद्दाका निवेदकहरु दर्ता पछि सम्पर्कमा नै नआएको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी निरीक्षक मनिषा लौडराीले जानकारी दिईन् । मधेश प्रदेशमा सबैभन्दा बढी महिला हिंसा पीडित पाईएको राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशकी उपनिर्देशक मन्जु खतिवडाले बताईन् ।

महिलामाथि घर देखि लिएर राजनितिक क्षेत्र लगायत विभिन्न क्षेत्रमा पनि हिंसा भईरहेको खतिवडाको भनाई छ । तराई मधेशमा महिलालाई चुल्होचौकामा मात्रै सीमित राख्ने गरेको र उच्च शिक्षा हासिल गर्नु भन्दा उमेर नपुगी विवाह गरिदिने चलनले बढी महिला हिंसामा परेको खतिवडाको तर्क छ ।

शिक्षा हासिल गरेका महिलालाई पनि अवसर प्राप्तिमा अभिभावकबाट नै रोक लगाउँदा महिला बढी पीडित बनेको खतिवडाले बताईन् । बालविवाह र दाईजोका कारणले मानव अधिकारका उलङ्गघन मधेश प्रदेशमा बढी हुने गरेको उनले बताईन । बर्षमा एक पटक मात्रै जनचेतनाका कार्यक्रम गरेर नहुने भन्दै घरघरमा पुगेर जनचेतना जगाउन आवश्यक रहेको खतिवडाले जोड दिईन् ।


सम्बन्धित समाचार