Logo

२५ मंसिर, वीरगन्ज । चितवनमा हुन लागेको नेपथ्य लाइभ कन्सर्टको तयारी पुरा भएको छ । आज नारायणगढको क्याम्पाचौरमा हुन लागेको लाइभ कन्सर्टको तयारी पुरा भएको मानव सेवा आश्रमले जानकारी दिएको छ ।

सडक पेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले मानवताका लागि सांगीतिक यात्रा ‘कन्र्सट’ गर्न लागिएको मानव सेवा आश्रम वाग्मती प्रदेश संयोजक निता केसीले बताउनुभयो ।

सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षीको उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मानव सेवा आश्रमले नेपथ्य ब्याण्डसँग सहकार्य गरेर कन्सर्ट गर्न लागिएको हो । कन्सर्टका लागि नेपथ्यको टोलि चितवन आइपुगेको छ ।

आज दिउँसो ४ बजेदेखि सुरु हुने सन्सर्टमा २० वटा गित प्रस्तुत गरिने संस्थाकी महासचिव शुशिला केसीले जानकारी दिनुभयो । विशुद्ध मानवीय सेवाको लागि आयोजना गरिएको कार्यक्रम भएको हुँदा सबैले त्यहीँ अनुसार बुझेर कार्यक्रमलाई सफल पार्नेमा आफू विश्वस्त रहेको पनि केसीले बताए ।

अहिले चौविसकोठि र सहिदचोकबाट टिकट बिक्रि भैरहेको छ । अहिलेसम्म ३ हजार भन्दा बढि टिकट बिक्रि भएको उहाँले जानकारी दिनुभयो ।

देशभर एक महिनासम्म सञ्चालन हुने कन्टर्सटको पहिलो कार्यक्रम मंसिर १६ गते विराटनगरबाट सुरु भएको थियो । त्यस्तै विरगंज, हेटौँडा पश्चात चितवनमा गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार