Logo

२४ असार, वीरगञ्ज । वीरगन्जमा एकदिने आँखा स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय स्तरको सम्मेलन सम्पन्न भएको छ ।

मधेस प्रदेशमा कार्यरत दृस्टि विशेषज्ञहरुको आयोजना, नेपाल अप्थाल्मिक सोसाइटी, नेपाल दृस्टि विशेषज्ञ संघ, नेपाल नेत्र सहायक परिवार र वारा,पर्सा, रौतहट जिल्लामा अवस्थित आँखा अस्पतालहरुको सहयोगमा वीरगन्जमा नेपाल नेशनल अव्थालमिक कन्फेरेन्स सम्पन्न भएको हो ।

सुरेन्द्र प्रसाद शाहको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ आँखा रोग विशेषज्ञ डा।राधाकृष्ण कोइराला ले उदघाटन गरेका थिए ।

नेपाल अव्थाल्मिक सोसाइटीका महासचिव डा.पुरषोतम जोशी, नेपाल दूरदृष्टि विशेषज्ञ संघका अध्यक्ष निरज देव जोशी, नेपाल नेत्र सहायक परिवारका अध्यक्ष,रमेश धिमिरे, नेपाल नेत्र ज्योती संघका उपाध्यक्ष श्याम पोख्रेल,

वरिष्ठ आखा रोग विशेषज्ञहरू डा. वीर सिङ थापा, डा.सुनु दुलाल, डा.हरी शर्मा, डा.अमर क्याल, डा.भाइराजा श्रेष्ट, विश्वराज गौतम, वरिष्ठ दृष्टि विशेषज्ञ सन्जिव मिश्र, मुकेश कुमार झा, लगायत अन्य अतिथि रहेक थिए । कार्यक्रमको सन्चालन वसन्त पौडेलले गरेका थिए ।

उक्त कार्यक्रममा आँखा स्वास्थ्यको क्षेत्रमा अहिलेसम्म विश्वमा भए गरेका उपचार विधिहरु,‘खोज अनुसन्धानको वारेमा नेपाल तथा छिमेकी मुलुक भारतमा कार्यरत वरिष्ट विशेषज्ञ डाक्टरहरुवाट आ आफ्नो क्षेत्रको अनुभव आदान प्रदान गर्नुको साथै, उपचारको क्षेत्रमा आ–आफ्नो क्षेत्रको खोज अनुसन्धानको वारेमा कार्यप्रत्रहरु प्रस्तुत भएको थियो।

नेपाल तथा छिमेकी मुलुक भारतका करीव चारसयजना आँखा रोग विशेषज्ञ, दृष्टि विशेषज्ञ, नेत्रसहायक तथा आँखा उपचारको क्षेत्रमा कार्यरत विभिन्न व्याक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा नेपालको आखा उपचारको वर्तमान अवस्था ,

उपचारको क्षेत्रमा भोग्नुपरेका वाधा व्यवधान सरकारले आँखा उपचारको क्षेत्रमा खासै ध्यान दिन नसकेको, सरकारी स्वस्थ संस्थामा आँखा उपचारमा समलग्न तिनै तहका जनशक्तिहरुको दरबन्दी श्रृजना हुन नसकेको विषयमा वरिष्ठ दृष्टि विशेषज्ञ अजितकुमार ठाकुरले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपाल तथा छिमेकी मुलुक भारतका १५ जना विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञ डा।राधाकृष्ण कोइरालालाइ आँखा उपचारको क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

मधेश प्रदेशमा आँखा उपचारको क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एकजनालाई हरेक दुई–दुई वर्षमा दिने गरी २० हजार राशिको मधेस आइकन पुरस्कार पनि घोषणा गरिएको बषन्त पौडेलले जानकारी दिए ।


सम्बन्धित समाचार