Logo

२५ असार,काठमाडौं । सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतद्वयलाई औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गाउँपालिकास्थित स्वास्थ्य चौकीहरूको लागि औषधि खरिद गर्न आव २०७४÷०७५ मा विनियोजित रकमबाट ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ६ लाख २० हजार ९६ रुपैयाँ अनियसमितता गरेको आरोप छ।


सम्बन्धित समाचार