२६ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरीले सिराहा जिल्लाको विभिन्न स्थानमा लगाईएको प्रतिबन्धित लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।
सिराहको नराहा गाउँपालिका वडा नम्बर २ पानपारी, गोलबजार नगरपालिकाको वडा नम्बर ७ चोहर्वा र मिर्चैया नगरपालिका वडा नम्बर ७ इलाका लगाईएको करिब १५ कठ्ठामा लगाईएको प्रतिबन्धि गाँजाखेती नष्ट गरिएको सशस्त्र प्रहरी बल नम्बर २ बाहिनी छिन्नमस्ता महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वाटर सिराहाबाट गएको ६९ जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको १० जनाको संयुक्त टोलीले तीनवटा गाउँपालिकामा लगाईएको अन्दाजी पाँच हजार गाँजाको बोट फाँडेर नष्ट गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताए ।


















