Logo

फाईल फोटो

२७ मंसिर, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाबाट गाँजा बोकेको मिनीट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनबाट ठोरीको विजयवस्तीतर्फ आईरहेको ना ४ ख ६५५५ नम्बरको मिनी ट्रकमा गाँजा रहेको सूचना पाएपछि प्रहरी र सशस्त्र प्रहरीको टोलीले पछ्याउदै आएर ठुट्टे खोलदेखि एकसय मिटर अगाडि मिनी ट्रकलाई नियन्त्रणमा लिने क्रममा प्रहरी निरीक्षक घाईते हुनुभएको हो ।

प्रहरीले पछ्याउन थालेपछि मिनीट्रकका चालक र सहचालक फरार भएका थिए । ट्रकबाट प्रहरीले ३६३ केजी गाँजा बरामद गरेको छ । बरामद गरेको गाँजा र ट्रक आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको इलका प्रहरी कार्यालय ठोरीले जनाएको छ । गाँजा पक्राउ गर्ने क्रममा इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुदा प्रहरी निरीक्षक शंकर श्रेष्ठ सहित २ जना घाइते भएका छन् ।

बीरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगतको पटेर्वा सुगौली गाउँपालिकामा पर्ने मनिहर्वा नजिकै सवारी दुर्घटना हुदा प्रहरी निरीक्षक श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

सोमबार राती इलाका प्रहरी कार्यालय ठोरी र सशस्त्र प्रहरी ठोरीको संयुक्त गस्तीले बरामद गरेको २२ पोका गाँजा जिल्ला प्रहरी कार्यालय लिएर आउने क्रममा सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते प्रहरीको नारायणी अस्पतालमा उपचार भईरहेको छ ।


सम्बन्धित समाचार