Logo

२७ मंसिर, वीरगन्ज । पोखरिया नगरपालिका–४ निवासी धर्मेन्द्र चौरसियाले वृद्ध आश्रमलाई रु २ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ । आसमान नेपाल ठोरीका सयोंजक समेत रहनुभएका चौरसियाले रु ५ अभियान अन्र्तगत आज ठोरी आश्रमको विकासको लागि दुई हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

चौरसियाले प्रत्येक मङगलबार निरहार व्रत बस्ने र एक वर्षभरि खानाबाट बचत भएको रकम वृद्ध आश्रमलाई सहयोग गर्नुभएको आफूले बुझिएको रु ५ अभियानका सदस्यले जानकारी दिनुभयो ।

उहाँले आज आश्रममा पुगि आश्रमको बैकं खातामा दुई हजार रकम डिपोजिट गरी सहयोग प्रदान गर्नुभएको रु ५ अभियानका सदस्यले बताउनुभयो ।आश्रमका समाजसेवी चौरसियालाइ रु ५ अभियानले धन्यवाद दिएकोे छ । चौरसिया हाम्रा पोखरीया सवांददाता समेत हुनुहुन्छ ।


सम्बन्धित समाचार