Logo

२८ मंसिर, वीरगञ्ज । पर्साको पर्सागढि नगरपालिका वडा न ५ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय हर्दियामा पठनपाठनमा समस्या भईरहेको छ । भौतिक पूर्वाधार र शिक्षक नहुँदा विद्यालयमा पठन पाठनमा समस्या भएको हो ।

बाल बिकास देखि कक्षा पाँच सम्म पढाई हुने विद्यालयमा आवश्यक पूर्वाधार शिक्षक नदिएर बालबालिकाको भविष्यमाथि नै खेलबाड भईरहेको अभिभावक लक्ष्मी यादवले बताउनुभयो । १ सय ६२ जना विद्यार्थी भर्ना रहको विद्यालयमा १ सय देखि १ सय २५ जनासम्म विद्यार्थी दैनिक विद्यालयमा आउने गरेका छन् । तर विद्यालयमा २ वटा कोठा मात्रै छ भने शिक्षकको नाममा प्रधानाध्यापक र एक जना बालविकास शिक्षिका मात्रै छन् ।

बाल बिकासदेखि कक्षा १ सम्म एउटा कोठामा र अर्कोमा २, ३, ४, ५ कक्षा तथा कार्यालय समेत सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक रामबालक प्रसाद यादबले बताउनुभयो । पटक पटक सम्बन्धित निकायलाई भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शौचालयको विषयमा ध्यानाकर्षण गराउँदा समेत ध्यानाकर्षण नभएको उहाँको भनाई छ ।

पर्सागढी नगरपालिकाको शिक्षा समितिका संयोजक तथा वडा न ५ का वडा अध्यक्ष नितेस कुमार मिश्राले वडा र नगरबाट भौतिक पूर्वाधार र शिक्षकका लागि पहल गरेको बताउनुभयो । छिट्टै वडा, आवर सन्सार नेपाल, शान्ती शिक्षा नेपालको संयुक्त लगानीमा दुई कोठे कच्ची ट्रस निर्माण गर्ने पनि उहाँले बताउनुभयो ।

 


सम्बन्धित समाचार