१७ साउन,काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको छ। सिंहदरबारअगाडि रहेको बसेरा होटलमा बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
एमाले उपाध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो। त्यसयता उपाध्यक्ष पद रिक्त थियो। साथै स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने, लिलानाथ श्रेष्ठलाई मनोनीत गरिएको छ।
केन्द्रीय सदस्यमा सुवास कर्मचार्यलगायत १७ जना थपिएका छन्।

















