Logo

१८ साउन,वीरगञ्ज । बीरगन्ज महानगरपालिकाको परवानीपुरमा नियमविपरीत कोइलाको डिपो सञ्चालन भइरहेका छन् । महानगरको वडा नम्बर २१ स्थित परवानीपुरमा नगरपालिकाको नियमविपरीत कोइला डिपो सञ्चालन भइरहेका छन् । हाइवे सडक भन्दा कमसे कम ५ सय मिटर भन्दा भित्र कोइला डिपो सञ्चालन गर्नुपर्ने नियम छ ।

तर परवानीपुरमा सञ्चालित कोइला डिपोहरु भने यी नियमको खुलेआम धज्जी उडाइरहेका छन् । तैपनि सम्बन्धित निकाय भने मौन रहेको गुनासाहरु बढी रहेका छन् । परवानीपुरमा सडक छेउमै तीन वटा कोइला डिपोहरु सञ्चालनमा छन् । मुर्तामाइ कोइला डिपो, ऋद्धिसिद्धिसहितका कोइला डिपोहरु सञ्चालित छन् । यसरी हाइवे सडक नजिकै कोइला डिपो सञ्चालित हुँदा सडक सुरक्षालाई मात्र असर पारेको छैन, सर्वसाधारण आवतजावतमा समेत समस्या निम्त्याएको छ ।

पानी पर्दा हिलाम्मे हुने तथा घाम लाग्दा धुलाम्मे हुने अवस्थाका कारण सर्वसाधारणलाई आवातजावत गर्न समस्या भइरहेको गुनासो छ । कोइलाको फोहोरले पसल सञ्चालन गर्न कठिनाइ भइरहेको नजिकै पसल सञ्चालन गरेका मुखतार आलमको गुनासो छ ।उनी भन्छन्, ‘हामी सधै पसल खोल्छौं, तर यो कोइलाको प्रदूषणबाट हामीलाई पसल चलाउन एकदम ग्राहो भइसकेको छ, ग्राहक पनि धुलो उड्दा आउँदैनन् । हाम्रो व्यापार नै चौपट हुने अवस्थामा छ ।

त्यसकारण सरोकारवाला निकायबाट यसतर्फ ध्यान जाओस ।’ कोइला डिपो नजिकैबाट सधै छोरालाई विद्यालय पु¥याउन लैजादा कपडा सधै फोहोर हुने गरेको एक अभिभावकको गुनासो छ । परवानीपुरक निवासी प्रकृति यादवले छोरालाई स्कुल पु¥याउन जाँदा सधै सास्ती हुने गरेको बताइन् । उनी भन्छन्, ‘कोइला डीपोका कारण बच्चाहरुको स्कुले पोशाकमा धुलो बस्छ, सधै फोहोर हुन्छ । कपडा पनि चाँडै कमजोर हुने गरेको छ, छालामा प्रदूषणले त्यतिकै असर पु¥याइरहेकको हुन्छ । त्यसकारणले सडक नजिकै राख्नु भन्दा पनि अन्त्रय राख्नुपर्ने जरुरी रहेको छ ।’

कोइला डिपोबाट हुने प्रदूषणका कारण कैयौं रोगको शिकार भइरहेको स्थानीयहरुको गुनासो छ । तर स्थनीय प्रशासनको मिलोमतोमा कोइला डिपो सञ्चालन भइरहेको उनीहरुको दुखेसो छ । नत्रभने नियमविपरीत कोइला डिपो सञ्चालन हुँदा पनि किन कसैले कारबाही गर्न सकेका छैनन् ? उनको प्रश्न छ ।


सम्बन्धित समाचार