Logo

२१ साउन, बारा । बारा प्रहरीले लामो समयदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले फरार प्रतिवादी कलैया ६ मदर्शा टोल बस्ने इम्तियाज अन्सारीलाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

उनका अनुसार जिल्ला अदालत बाराले ०७२ सालमा जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाइएको थियो ।

पक्राउ परेका आलममाथि जिल्ला अदालत बाराले ९ वर्ष ६ महिना १५ दिनको सजाय सुनाएको बारा प्रहरीले जनाएको छ ।

बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका अन्सारीलाई थप कारबाहीका लागि बारा अदालतमा पठाइएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार