Logo

२२ साउन, काठमाडौं । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो । मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाको किटजन्य रोग शाखा इडीसीडीले जानकारी दिएको छ ।

यस वर्ष २ हजार ३ सय ६५ जनामा डेंगु सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो । अहिले मुलुकका ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ भने सबैभन्दा बढी सङ्क्रमित काठमाडौँ जिल्लाका २८७ जना रहेको इडीसीडीले जनाएको छ ।


सम्बन्धित समाचार