Logo

२० साउन,काठमाडौं । क्यानडामा खालिस्तानी नेता हरदीप सिंह निज्जरको मृत्यु भएपछि विरोध प्रदर्शनमा संलग्न क्यानेडियन–पाकिस्तानी व्यापारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरिएको छ। राहत रावलाई क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सरे शहरमा अज्ञात व्यक्तिले आगो लगाएका हुन् ।

राहत रावलाई आगो लगाउने व्यक्तिको उमेर २४–२५ वर्ष रहेको बताइएको छ । क्यानडा प्रहरीले आरोपीको फोटो पनि सार्वजनिक गरेको छ । गम्भीर घाइते राहत राव क्यानडामा धेरै सक्रिय छन् र खालिस्तानी नेता हरदीप निज्जरको मृत्युपछि धेरै प्रदर्शनमा संलग्न थिए।

स्रोतका अनुसार, राव पाकिस्तानको गुप्तचर एजेन्सी इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) को एजेन्ट होइनन् । धेरै मिडिया रिपोर्टहरूमा उनी आइएसआइ एजेन्ट भएको दावी गरिएको थियो।

 


सम्बन्धित समाचार