Logo

४ पुस, बारा । जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र रहेका सहकारीहरुमा अनियमितता र अपादर्शिताको गुनासो आउँन थालेपछि उपमहानगरपालिकाले सहकारीहरुलाई नियमन गर्ने अभियान सुरु गरेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको बिशेष निर्देशनमा यो अभियान सुरु गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका सहकारीहरुलाई प्रत्येक महिनाको साँत दिनभित्र मासिक, प्रत्येक चौमासिक अवधि ब्यतित भएको पन्ध्र दिनभित्र चौमासिक र आर्थिक बर्ष ब्यतित भएको तिस दिन भित्र बार्षिक बित्तिय प्रतिबबेदन रजिष्ट्रारले तोकेको ढाँचामा एकिकृत ब्यवस्थापन सुचना प्रणालीमा दाखिला गर्नुपर्ने निर्देशन दिएको छ ।

प्रत्येक सहकारीहरुले अनिर्वाय रुपमा संस्थागत तथा ब्यवसायिकक कारोबारको बिवरण एकिकृत ब्यवस्थापन सुचना प्रणलीमा प्रबिष्टि गर्नुपर्ने जीतपुरसिमरा उपमहानगरपालिकाले सबै सहकारीहरुलाई पत्रचार गरेको सुचनामा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार